भर्खरैः तेल ट्यांकरमा विष्फोट, ५५ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२५ बैशाख ।

नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट भएको छ । विस्फोटमा परी ५५ जनाको ज्यान गएको छ भने ३७ जना मानिसहरु घाइते भएका छन् ।

सीएनएनका अनुसार विष्फोट पश्चिम अफ्रिकी देशको राजधानी नियामेको विमानस्थलतर्फ आउने सडकमा आइतवार भएको हो । मानिसरुहरु पल्टिएको ट्रकबाट तेल निकालिरहेको बेलामा विष्फोट भएको र मानिसहरुको ज्यान गएको अधिकारीले बताएका छन् । एजेन्सी

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...