युगान्तकारी परिवर्तनमा सदैव सिताको साथ प्रचण्डलाई

हाम्रो सन्देश संवाददाता

गोकर्ण भट्ट

मनिसको जीवन, कैयन उकाली ओरालीको सम्मिश्रण । संघर्ष, दुःख, कष्ट, सुख, हाँसो, रोदन– यसैको नाम हो जीवन हो । जीवनका यी कुइनेटोहरुमा सहयात्रा गर्नेको काँध पाइयो भने, आँट र भरोसा पाइयो भने जस्तोसुकै कठिनाई पनि सहज ढङ्गले पार गर्न सकिन्छ । एउटा ढाडस र आँट, एउटा माया र भरोसा । यो पनि जीवनकै अर्को पाटो हो ।

कमरेड प्रचण्ड अर्थात् पुष्पकमल दाहाल, कमरेड प्रचण्ड अर्थात् एउटा गति र वेग । एउटा ऊर्जा, एउटा विचार । जीवनका कैयन उतारचढाव भोगे उनले । सुखका क्षण, दुखका क्षण । तर यी सबै कालखण्डमा उनीसँग अविछिन्नरुपमा उभिईन् पत्नी सीता दाहाल । एउटा बलियो सहारा बनेर । ती सुखका दिन होउन या दुखका । मृत्युसँग पौंठेजोरी खेल्दै जनसमरमा हुईंकिदाका दिन होउन या सिँगो देशको भविष्यको बागडोर आफ्नो हातमा लिएर बालुवाटारमा बासका दिन किन नहोउन, माया, आँट र भरोसाको प्रतिमूर्ति बनेर उभिईन सीता दाहाल । त्यो पनि एक वर्ष, दुई वर्ष पाँच या दश वर्ष होइन, पुरै पचास वर्ष । आधा शताब्दी । उही गतिमा, उही माया र विश्वासमा पचास वर्ष सँगै बिताउनु एउटा संयोग नै मान्नुपर्छ ।

२०३५ सालदेखि भने प्रचण्डको बेगवान जीवनको शुरुआत भयो र सँगसँगै पत्नी सीता दाहालका लागि ठूलो परीक्षाको समय शुरु भयो । तत्कालिन विश्व राजनीतिमा उदयमान चिनियाँ र रुसी विचारधारामध्ये चीनको नयाँ जनवादी क्रान्तिलाई आदर्श मान्ने नेकपा चौथो महाधिवेशनसँग जोडिए प्रचण्ड ।

सामाजिकरुपमा प्रचण्ड लाखौं नेपालीका ढुकढुकी हुन् । लाखौं मुक्तिकामी जनताको भरोसाका केन्द्र । यस्तो लाग्थ्यो, मानौं उनको कुनै नीजि जीवन छैन । न उनीसँग कुनै क्षण छ आफ्ना लागि बाँच्ने । तर उनको यही गतिमा सम्मिश्रित हुँदै आईन सीता दाहाल । सधैं सधैं सधैं सँगै ।
बिक्रम सम्बत २०११ सालको मंसिर २६ गते बुवा मुक्तिराम दाहाल र भवानी दाहालाको जेठो छोराका रुपमा जन्मिए प्रचण्ड । छविलाल भनेर बाल्यकालमा चिनिने प्रचण्डको परिवार २०१९ सालमा कास्कीबाट चितवनमा बसाई सर्यो । त्यहीं उनको बाल्यकाल बित्यो ।

एउटा सामान्य परिवार, तीक्ष्ण बुद्धी भएको छोरा । त्यो बेला सानैमा बिहे गर्नु परम्परा नै थियो । हाइस्कूल पढ्दै गर्दा प्रचण्डको पनि बिहा भयो सीतासँग । पोखराको हेम्जामा अधिकारी परिवारमा जन्मिएकी सीता । सानै उमेरमा उनले प्रचण्डसँग जीवन जोडिन । भविष्यका पानाहरु उनका लागि अज्ञात थिए । बिहे भन्ने कुरा बालसुलभतामा एउटा परम्परा मात्र थियो उनीहरुका लागि ।
तर प्रचण्डको जीवनमा बिहेसँगै ठूलो उथलपुथल हुनु लेखेको थियो शायद ।

बिहेलगत्तै उनी २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएर परिवर्तनकामी आन्दोलनतर्फ अघि बढे । यी दिनहरु सामान्य थिए । तर २०३५ सालदेखि भने प्रचण्डको बेगवान जीवनको शुरुआत भयो र सँगसँगै पत्नी सीता दाहालका लागि ठूलो परीक्षाको समय शुरु भयो । तत्कालिन विश्व राजनीतिमा उदयमान चिनियाँ र रुसी विचारधारामध्ये चीनको नयाँ जनवादी क्रान्तिलाई आदर्श मान्ने नेकपा चौथो महाधिवेशनसँग जोडिए प्रचण्ड । होलटाइमरको जीवन शुरु भयो । सबै कुरा जनताका लागि, सबै समय पार्टीका लागि ।

जनयुद्दका ती कालखण्डमा प्रचण्डले पत्नी सीताबाट त्यसरी पूर्ण सहयोग नपाएको भए, पारिवारिक अन्तरविरोध या तनाव झेल्नुपरेको भए के उनले जनयुद्दमा त्योस्तरमा कमाण्ड गर्न सक्थे होलान र ?

पञ्चायलतकालिन समयमा त्यति सहज थिएन राजनीति गर्न । घरमा समय दिन नसकिने अवस्था । दुखजेलो गरेर परिवार पाल्नुपर्ने बाध्यता । पत्नी सीताका अगाडि एकातिर श्रीमान क्रान्तिकारी भएको कारण राज्यसत्ताबाट खेप्नुपर्ने धाकधम्कीको चुनौती थियो भने अर्कोतर्फ परिवारलाई सम्हाल्ने जिम्मेवारी । उनले पनि आफ्ना श्रीमानलाई सबै छोडेर कतै जागिर गर भनेर दबाब दिन सक्थिन होला, तर उनले त्यसो गरिनन बरु श्रीमानले अँगालेको बाटोमा मनोवैज्ञानिक ढाडस दिईन् ।

यता प्रचण्डको जीवनमा भने बिश्रामको कुनै नाम थिएन ।चौथो महाधिवेशनबाट शुरु भएको क्रान्तिकारी जीवनको यात्रा २०४१ सालमा नेकपा मोटो मशालहुँदै २०४६ मा त्यसै पार्टीको महामन्त्री र २०४८ मा एकताकेन्द्रको महामन्त्री, २०५१ नेकपा माओवादीको गठन र वर्ष दिनपछि जनयुद्दको घोषणासम्म पुग्यो ।

युद्दकाल त्यति सहज पक्कै पनि थिएन । तर संघर्षका ती जटिल दिनहरुपमा पत्नी सीताले प्रचण्डको हरेक पलमा साथ दिइन । रोल्पा–रुकुमदेखि भारतका कैयन स्थानहरुसम्म उनले क्रान्तिकारी आन्दोलनमा एकजना क्रान्तिकारीको सच्चा क्रान्तिकारी पत्नीको भूमिका निर्वाह गरिन । उपमा दिँदा फरक नै नपर्ला, आमा उपन्यासमा पावेलकी आमाजस्तो । सधैं एकनास, सधैं उर्वर, सधैं सकारात्मक । मनभित्रको त्रास, डर, आतंक लुकाएर भएपनि छोराछोरी, श्रीमान र क्रान्तिका पक्षमा निडर भएर सधैं अघि बढने साहसी महिला ।

मानिस जतिसुकै राजनीतिक भएपनि कता कता उसको व्यक्तिगत र मानसिक व्यक्तित्व पनि हुन्छ । जनयुद्दका ती कालखण्डमा प्रचण्डले पत्नी सीताबाट त्यसरी पूर्ण सहयोग नपाएको भए, पारिवारिक अन्तरविरोध या तनाव झेल्नुपरेको भए के उनले जनयुद्दमा त्योस्तरमा कमाण्ड गर्न सक्थे होलान र ? त्यसो त यो काल्पनिक प्रश्न हो । तर जनयुद्दको सर्वोच्च कमाण्डरको हैसियतले प्रचण्डलाई मनोवैज्ञानिक सहजता दिन सीता दाहालको भूमिका कम्ती थिएन होला भनेर सहजै अनुमान भने लगाउन सकिन्छ ।

युद्दकालमा र त्यसअघि पनि परिवार धान्न, परिवारका चिन्ताहरु ह्टाउन, भाई बहिनीहरुलाई स्याहार गर्दै आमालाई सहयोग गर्दै आएकी मिलनसार छोरी ज्ञानु दाहाललाई क्यान्सरले लग्यो । उनीहरुले निकै कोशिस गरे तर बचाउन सकेनन् । यो सीता दाहालको जीवनमो ठूलो बज्रपात थियो ।

प्रचण्ड, सीता दाहालहरु २०६३ सालमा सार्वजनिक जीवनमा प्रवेश गरेपछि भने सीतालाई केही सहजता भयो । हिजोको जस्तो शारीरिक थकान या दौड अब कमै थियो । तीनजना छोरी र एक छोराको जन्म भएको थियो । जीवनका कैयन कष्ट र दुख झेलेकी सीताका लागि छोराछोरीको माया औधी थियो । अझ छोरीहरु बिहे गरेर गएपछि राजनीतिकरुपमा व्यस्त परिवारमा उनका अगाडि छोरा हुन्थे अधिकांश समय ।

मानिसको जीवन, सुख पाउने उमेरको कल्पना गर्छन सबैले । सीता दाहालको मनले पनि यही सोचेको थियो होला । शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान बन्ने अवस्था उनका लागि पनि निकै हर्षको विषय थियो । तर यही बीचमा प्रचण्ड र सीता दाहालको जीवनमा एउटा अकल्पनीय दुर्घटना घट्यो । उनीहरुको जेठो छोरी ज्ञानु दाहालको निधन हुन पुग्यो । जेठी छोरी । परिवारमा सबैको सहारा । युद्दकालमा र त्यसअघि पनि परिवार धान्न, परिवारका चिन्ताहरु ह्टाउन, भाई बहिनीहरुलाई स्याहार गर्दै आमालाई सहयोग गर्दै आएकी मिलनसार छोरी ज्ञानु दाहाललाई क्यान्सरले लग्यो । उनीहरुले निकै कोशिस गरे तर बचाउन सकेनन् । यो सीता दाहालको जीवनमो ठूलो बज्रपात थियो । उनले सबै सहेकी थिइन । युद्दकाल झेलेकी थिइन । श्रीमानको अति व्यस्त समयसँग पनि सम्झौता गरेकी थिइन । तर छोरीको मृत्यु सह्य हुन सकेन उनलाई ।

श्रीमानले घरका लागि समय मिलाओस भन्ने चाहेको हुन्छ हरेकले । तर प्रचण्डले आफू र परिवारका लागि या भनौं सीता दाहालका लागि कहिल्यै बाँच्न सकेनन । नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं । तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन ।

अरु दुई छोरी गंगा दाहाल र रेणु दाहालको पनि विवाह भइसकेको थियो । यता प्रचण्ड र सीतासँग भने प्रकाश दाहाल बस्थे । दुखको क्षणलाई यी तीनैजनाले बिर्साउन कोशीस गरे । दुबै छोरी गंगा, रेणु र छोरा प्रकाशले सम्हाले आमा सीता दाहाललाई । सीता दाहालले चित्त त बुझाईन तर सँगै उनको मनमा बल्झेको घाउले उनको स्वास्थ्यमा समेत असर पार्न खोजिरहेको थियो ।
देशमा संविधान बन्यो । यो सीता दाहालले २०३५ सालमा प्रचण्ड चौथो महाधिवेशनमा होल टाइमर हुँदा सुनाएको सपना साकार हुनु थियो । उनी पनि खुशी थिइन । अब स्थायी शान्ति हुन्छ । प्रचण्डले पनि अलि परिवारका लागि समय पाउँछन भन्ने उनले सोचेकी थिइन् । यही क्रममा प्रचण्ड चितवनबाट लड्ने भए । चुनाव प्रचारका लागि जानुपर्ने भयो । प्रकाश दाहाल मुख्य कमाण्डमा थिए निर्वाचनको । हरेक कुराको मेसो मिलाउनुपर्ने जिम्मा थियो उनको ।

सीता दाहाल पनि घरि काठमाडौं,घरि चितवन आउजाउ भइरहेको थियो । तर त्यही बेला प्रचण्ड र सीता दाहालको जीवनमा अर्को बज्रपात भयो । यो बज्रपात त्यति सामान्य थिएन । एउटा ठूलो बज्रपात थियो ।पार्टी कामले काठमाडौं आएको बेला छोरा प्रकाशको अकल्पनीय निधन भयो । हरेक दिन बिहान ‘एक बाबु, कता छौं, खाना खायौ कि खाएनौं ?” भनेर सोध्थिन सीता दाहाल । प्रकाशलाई औधी माया गर्ने । हरेक क्षण प्रकाशको स्वास्थ्यको चिन्ता गर्ने । तर त्यही मुटुको टुक्रा उनलाई थाहै नदिई सधैंका लागि अलप भएको थियो । यो पीडालाई उनले सम्हाल्न त्यति सहज भएन । छोरी र छोराको निधनले उनको स्वास्थ्यमा नराम्रो असर गर्नु स्वभाविकै थियो ।

जहाँ साँचो प्रेम हुन्छ, त्यही साँचो विवाह र साँचो वैवाहिक जीवन पनि । यो अर्थमा एक अर्काको मनोविज्ञान बुझेर, एक अर्कालाई सम्मान गर्दै सहयात्रका यी ५० वर्ष सँगै बिताउन सफल भएको यो जोडी हामी सबैका लागि उदाहरणीय छ ।

प्रचण्ड र सीता दाहालले आफ्ना र परिवारका लागि समय दिन पाएनन । एउटा श्रीमतीका लागि श्रीमानको समय महत्वपूर्ण हुन्छ । श्रीमानले घरका लागि समय मिलाओस भन्ने चाहेको हुन्छ हरेकले । तर प्रचण्डले आफू र परिवारका लागि या भनौं सीता दाहालका लागि कहिल्यै बाँच्न सकेनन् । नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं । तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन । उनी एउटा समुन्द्र जस्तै हरेक पीर व्यथा लुकाएर एउटा प्रवाहमा निरन्तर साथ दिईरहिन आफ्ना श्रीमानलाई । यो प्रकारान्तरुपमा श्रीमानको क्रान्तिकारी मिशनलाई दिएको साथ र सहयोग थियो ।

आज यो जोडी पचासौं वैवाहिक वर्षगाँठसम्म आइपुगेको छ । प्रचण्डले आफ्नो जीवनलाई संयोग नै संयोगको जीवन भन्छन । र, वैवाहिक जीवनमा यो माया, यो समर्पण र एकअर्काको साथको बिरलै संयोग प्रचण्डले फेरी बनाएका छन् । सीता दाहाल यो संयोगको केन्द्रमा छिन् । प्रचण्डलाई बारम्बार दुखेसो लाग्ने विषय पनि परिवारलाई समय दिन नसक्नु हो । उनलाई पनि परिवारसँग दुखसुखका कुरा गरेर समय बिताउन, नाति, नातिनीसँग खेल्न मन नलाग्ने होइन होला । तर उनको काँधमा रहेको मुलुकको जिम्मेवारीले चाहेर पनि त्यसो गर्न दिँदैन । यता सीता दाहाल भने प्रचण्डको यही छटपटीको सहज व्यवस्थापन गर्न सफल हुँदै आइन । यो सबैको जीवनका लागि एउटा ठूलो सिकाई पनि हो । नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं । तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन । उनी एउटा समुन्द्र जस्तै हरेक पीर व्यथा लुकाएर एउटा प्रवाहमा निरन्तर साथ दिईरहिन आफ्ना श्रीमानलाई ।

नेपाली समाजको बेथिती अन्त्य गर्ने मिशन उनको प्राथमिकता बन्यो सधैं । तर पनि सीता दाहालले कहिल्यै गुनासो गरेको सुनिएन । उनी एउटा समुन्द्र जस्तै हरेक पीर व्यथा लुकाएर एउटा प्रवाहमा निरन्तर साथ दिईरहिन आफ्ना श्रीमानलाई ।

विवाह एउटा यान्त्रिक प्रक्रिया कदापी होइन । दुईजनाबीच सिन्दुर पोते लगाउँदै बिवाह हुँदैन । सच्चा विवाहका लागि त त्यहाँ माया चाहिन्छ, एकअर्काप्रतिको सम्मान र सहयोग चाहिन्छ । विश्वास चाहिन्छ । जहाँ साँचो प्रेम हुन्छ, त्यही साँचो विवाह र साँचो वैवाहिक जीवन पनि । यो अर्थमा एक अर्काको मनोविज्ञान बुझेर, एक अर्कालाई सम्मान गर्दै सहयात्रका यी ५० वर्ष सँगै बिताउन सफल भएको यो जोडी हामी सबैका लागि उदाहरणीय छ । यो ५० वर्षको यात्रा अझै निरन्तरता पाओस्, यो माया, प्रेम र भरोसाको रुख अझै झांगियोस् । तपाई हामी सबैका तर्फबाट कमरेड प्रचण्ड र कमरेड सीता दाहाललाई हार्दिक लालसलाम तथा शुभकामना !

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...