अस्ट्रेलियामा बस्दै आएकी नेपाली चेली अनुष्काले जितिन मिस नेपाल २०१९…

हाम्रो सन्देश संवाददाता

काठमाडौँ वैशाख २७ ।

अस्ट्रेलियामा बस्दै आएकी नेपाली चेली अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । कृतिपुर स्थित बिहीबार राती ल्याब्रोटरी स्कुलमा भएको फाइनलमा अरू २४ जनालाई पछि पार्दै अनुष्काले मिस नेपाल २०१९को ताज हात पार्न सफल भएकी हुन् । २३ वर्षकी अनुष्का श्रेष्ठलाई अघिल्लो संस्करण अर्थात् २०१८ मिस नेपाल श्रृखला खतिवडाले ताज पहिराइदिएकी थिइन् । यस्तै रिया बस्नेत मिस नेपाल अर्थ बनिन भने प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स बन्न सफल भइन् ।

यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस ट्यालेन्टको उपाधि प्रदीप्ता अधिकारीले पाइन् भने पपुलर च्वाइसमा रिया बस्नेत परेकी छन् । यस्तै मिस फ्यासिनो अनुष्का श्रेष्ठ भइन् । मिस कन्फिडेन्सको उपाधि निशा पाठकले र ब्युटी विथ प्रपोजको उपाधि निकिता कर्माचार्यले पाए ।

प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् । नी मिस नेपाल प्रतियोगिताकै लागि केही दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया २०१८ बन्न सफल भएकी थिइन् । उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत छिन् ।

अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करण हो ।

मिस नेपालको उनको सफलतालार्य अष्ट्रेलयावासी नेपालीहरुले स्वागत गर्दै यो गौरवको क्षण भएको बताएका छन् । मिष्टर एण्ड भिस नेपाल ओसेनिया आयोजना गर्दे आएको युएनएईकी भूमा लिम्बुले यो सबै नेपालीको लागि गौरवको क्षण भएको बताइन् । उनले अनुष्काको मेहनत, सबैको साथ सहयोग र प्रोत्साहनले यो सफलता प्राप्त भएको भन्दै अष्ट्रेलियावासी नेपालीहरुले गौरव गर्ने अर्को एउटा कारण बन्न सफल भएकोमा अनुष्कालाई बधाई दिइन् ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...