अभिनेत्री वर्षा राउतले सुरु गरिन् पानीपुरी र चटपटेको ब्यापार

हाम्रो सन्देश संवाददाता

राजधानीको एक चोकबाट सम्पदा उर्फ वर्षा राउतले पानीपुरी र चटपटेको व्यापार सुरु गरेकी छिन् । भर्खरै मात्र हनिमुन बाट फर्केकी वर्षाले चलचित्र “जात्रै जात्रा” प्रमोसनको क्रममा पानीपुरी र चटपटे व्यापार गरेको भन्ने बुझ्न सकिन्छ । यहि जेठ ३ गते प्रदिप भट्टराई द्वारा निर्देशित चलचित्र जात्रैजात्रा देश भरि प्रदर्शनको तयारीमा रहेको छ ।

चलचित्रको मुख्य भुमिकामा नायक बिपिन कार्की , दयाहाङ राई , वर्षा राउत अन्य कलाकारहरुको विशेष भुमिका रहेको छ ।” गत वर्षको सफल चलचित्र ‘जात्रा’कै कलाकारहरु जात्रै जात्रामा पनि दोहोरिएको निर्देशक बताउँछन् । फिल्मको ट्रेलरलाई हेर्ने हो भने विशेष सुन काण्डलाई देखाइएको छ । नायक बिपिन कार्की र वर्षा राउतलाई श्रीमान श्रीमतीको भुमिकामा देख्न पाइने भएको छ । अघिल्लो चलचित्रमा पनि उनिहरु श्रीमान श्रीमती नै बनेर देखिएका थिए ।

दुई ठूलो ब्यानरको प्रतिक्षित चलचित्र एकसाथ हलमा अाउने भएकोले पनि निर्माण टिमले प्रमोसनलाई निकै नै महत्त्व दिइरहेको छ यतिबेला।’ चलचित्र जात्रै जात्रा सँग मिलन चाम्सको निर्माणमा रहेको फिल्म वीरविक्रम २ ले प्रतिस्पर्धा गर्नेछ । चलचित्र वीर बिक्रममा अभिनेता पल शाह ,नाजिर हुसेन ,वर्षा शिवाकोटी , बुद्धि तामाङ लगायतका कलाकारहरु मुख्य भुमिकामा छन् ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...