नेपाल आइडल विक्रम बरालले गरे धूमधाम सँग बिहे…

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नेपाल आइडल सिजन २ का दोस्रो विजेता विक्रम बरालले धूमधाम सँग विवाह गरेका छन् । लामो समय देखी प्रेममा रहेका विक्रम र उनकी प्रेमिका अनु गहतराजले लगन गाँठो कसेका हुन् । विगत ५ वर्ष देखिको प्रेम आज आएर विवाह बन्धनमा बाँधिएर सफल भएको छ । उक्त जोडिलाई विक्रम बरालका फ्यानले सामाजिक सञ्जालमा शुभकामना दिने लर्को लागेको छ । उनीहरूको विवाह पूर्व नै खुलेर एक अर्का लाइ १ सुन्दर जोडीको रूपमा चिनाइसकेका थिए ।

अनु गहतराजले विक्रमसंग पञ्चेवाजा बजाएर विवाह गरेका हुन् । नेपाल आइडल सुरु हुनुअघि अष्ट्रेलिया जाने योजना बनाएका उनीहरु नेपाल आइडलमा विक्रम बराल सहभागी भएपछि जिवनले अर्के मोड लिएको बताइन् । उनले विक्रम विजेता बन्न नसकेको भएपनि आफुलाई कुनै दुख नलागेको बताइन् । ‘उनले भनिन् विजेता भन्दा एक स्टेप तल भए पनि अब चार स्टेप अघि बढ्ने अवसर मिलेको छ, ।उनले जिवनमा पछाडी नपरी अगाडी जान नसकिने बताइन् । उनले अन्तरवार्तामा विक्रम बराललाई मन पर्ने गीत समेत गाइन् । विक्रमलाई यो गित निकै मन पर्छ भन्नै गुनगुनाईन्, हेर्दैछु धरिम, हेर्छु ऐना देख्दिन करिम, सल्ला धुपैले साइला निन्द्रैम विउझायो तिम्रो रुपैले।’ बिक्रम बराल र उनकी श्रीमतीलाई सफल दामपत्य जिबनको शुभकामना । 

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...