करोडपति बिजेता राजीव जैन पहिलोपटक मिडियामा (भिडियो हेर्नुहोस्)

हाम्रो सन्देश संवाददाता

एपी वान टेलिभिजनमा प्रशारण भइरहेको ‘को बन्छ करोडपति’को पहिलो शृंखलामा यसपटक दुई रोमाञ्चक घटना भएका छन् । पहिलो शृंखलामा पहिलो करोड जित्ने शौभाग्य विरानटरका राजीव जैनले प्राप्त गरेका छन् । उनले एक करोड रुपैयाँ जितेर यो फ्रेञ्चाइजमा आफ्नो नाम लेखाउन सफल भएका छन् । आजसम्मका सहभागीहरुले यति ठूलो रकम जित्न सकेका थिएनन् ।

तर जैनको अध्ययन र ज्ञानले यो सम्भव भएको कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी बताउँछन् । जैनमा भएको ज्ञानबारे निर्देशक अधिकारीले भने, ‘उनमा फोटोग्राफी मेमोरी रहेछ । यो यस्तो स्मरण शक्ति हो, जसले किताबको पन्ना हेरेकै भरमा उसको दिमागमा पन्नाकै फोटो बसिदिन्छ । मलाई जैनमा यहि विशेषता भएको लाग्छ ।’ जैन परिवारसँग ३६ वर्षदेखि व्यापारमासँगसँगै रहेका मुरारी कोइरालाको बुझाइमा राजीवमा अद्भूत स्मरण शक्ति छ ।

कोइराला भन्छन्, ‘कुनै पनि नम्बर, मोबाइल नम्बर, कुनै तथ्यांक उसलाई एक पटक भनेपछि पुग्छ । मैले कुनै बेला ‘ए राजीव यो नम्बर सम्झीराख है भन्यो भने उसको दिमागमा त्यो बसिरहन्छ । सोधेको बेला भनिदिन्छ । उसले नोट गरिराख्न पर्दैन ।’

को बन्छ करोडपति कार्यक्रममा सहभागी भई एक करोड जितेर किर्तिमान राखेका राजीव जैन पहिलोपटक मिडियामा आएका छन् । उनले जीतको खुशी यसरी साटे !

भिडियो :

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...