मन्दिरको दर्शन गरी आजको राशिफल पढ्नुहोस भेटी स्वरुप एक सेयर गर्नुहोला

हाम्रो सन्देश संवाददाता

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा गरीएका कार्यहरु बाट प्रस्शत लाभ मिल्नेछ । सामान्य संधर्ष पश्चात आम्दानिका मनग्य श्रोतहरु फेला पर्नेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या उत्पन्न हुनेछ । सामाजिक कार्यमा अग्रसरताको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आत्म सम्मानमा आघात पुग्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहला । आत्म बिश्वासमा वृद्यिहुनाले हर क्षेत्रमा प्रशंसित रहिनेछ । तपाईको कार्य पुर्णताको श्रेय गैर ब्यत्तिहरु लाई प्राप्त रहनाले कार्य प्रतिको रुचिमा ह्रास आर्ए पर्न सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

वाणीको प्रभाबताका कारण ईष्ट मित्रहरुको साथ सहयोगमा वृद्यि हुनेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष साबधानी अपनाउनु पर्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त होला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रोकिएर रहेका कार्य सुचारु गर्न राम्रो समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने समान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । जिबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ला । शारीरिक आलस्यताले सताउनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । अधिकआत्मबिश्वासका कारण सामान्य बादबीबादको सामना गर्नु पर्नेछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

धृष्टता पुर्ण बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

वाणीमा देखिएको तिक्तताका कारण सामान्य बादबिवादको चपेटामा फसिएला । खानपानको गढबडिले गर्दा स्बास्थका श्रेत्रमा सामान्य झन्झट देखा पर्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिश्पर्दिहरु सवल रहनाले आत्मबिश्वासमा कमि महसुस हुनेछ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष साबधानी अपनाउनु पर्नेछ । शारीरिक आलस्यताले सताउनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...