रामशरण महतको घमण्ड एउटै शब्दले यसरी भयो चक्नाचुर !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ,३१ वैशाख ।

नेपाली काग्रेसका नेता एवं पुर्व अर्थमन्त्री डाक्टर रामशरण महत आफुलाई नोपलको अहिले सम्मकै सफल अर्थमन्त्री भएको दावी गर्छन तर उनकै पार्टीका नेता प्रदिप गिरीले भने महतको नाम नै नलिइकन उनलाई धान र गहुँको फरक पनि चिन्न नसक्ने अर्थमन्त्री भएको आरोप लगाएका छन् ।

आज संसदमा प्रि बजेटको छलफलमा भाग लिँदै गिरिले काग्रेसले अमेरीका बाट पिएचडीवाला अर्थमन्त्री ल्याएको तर ती मन्त्रीले धान र गहुँ चिन्न नसक्दा देश अहिलको अवस्थामा आइपुगेकोे बताए ।

सांसद गिरीले अहिलेका अर्थमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडालाई सामाजिक न्याय वा उच्च आर्थिक वृद्धिमध्ये एक कुरा छाड्न सुझाव दिएका छन् ।

सामाजिक न्याय र उच्चतम् वृद्धिदर सँगसँगै जान नसक्ने उनको तर्क छ ।

‘कांग्रेसको शासनकालमा गहुँ र धानको फरक बुझ्न नसक्ने अमेरिकाबाट पीएचडी होल्डर लाई अर्थमन्त्री बनाइयो । त्यस्ता अर्थमन्त्री जसलाई प्याजलाई पानी चाहिन्छ कि चाहिन्न भन्न नसक्ने मान्छे अर्थमन्त्री बने,’ गिरीले व्यंग्य गरे, ‘बीपीले लामो अध्ययनपछि भन्नुभयो, विकासको यो मोडेल हामीलाई चाहिँदैन, अमेरिकाको मोडल धान्न सकिँदैन ।

तर बीपीका उत्तराधिकारी हाम्रा प्रधानमन्त्रीहरूले पीएचडी गरेको भरसक अमेरिकामा पीएचडी गरेको, नभए जर्मनीमा पीएचडी गरेकोलाई अर्थमन्त्री बनाए ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...