निर्माता छविराज र नायिका शिल्पाले ५ वर्ष अघि नै विवाह गरेको रहस्य खुल्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाली फिल्म क्षेत्रमा निकै राम्रो छबि बनाएका कलाकारहरु मध्य निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल पनि एक हुन् ।यी दुइ फिल्म क्षेत्रमा निकै परिचित छन् । लामो समयदेखि प्रेम रहेका यी दुइको पछिल्लो समय निकै चर्चा चलिरहेको छ ।यी दुईबीच लामो समयदेखि प्रेम रहेको र विवाह समेत भएको खबर समाचारहरुमा आइरहेका छन्।

यि जोडीबीच प्रेमसम्बन्ध भएको चर्चा चलिरहे पनि विवाह भएको बारे यी दुईले पुष्टी गरेका थिएनन् । हालै दिएको एक अन्तर्वार्तामा नायिका शिल्पा पोखरेलसँग पाँच वर्षअघि विवाह गरेको खुलासा भएको छ। यो कुरा निर्माता ओझाले हालै दिएको एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।नायिका रेखा थापासँग सम्बन्धविच्छेद गरिसकेका निर्माता ओझाको नाम भने अभिनेत्री शिल्पा पोख्रेलसँग जोडिको धेरै समय भएको छ ।आफ्नो बिबाह बारे भने यी दुइले केहि बोलेका थिएनन् ।

तर अहिले उनिहरुले बिवाह गरिसकेको खुलेको छ ।५ वर्षअघि छबिले निर्माण गरेको चलचित्र लज्जाबाट डेब्यू गरेकी अभिनेत्री पोखरेल र छवि केहिबर्षदेखि गहिरो प्रेमसम्बन्धमा थिए । केहि हप्ताअघिदेखि निरन्तर मिडियामा उनिहरुले सुटुक्क बिहे भएको खबर आएपछि निर्माता छविराज ओझाले
बिबाह भएको कुरा स्विकार गरेको बताइएको छ । एउटा अन्तर्वार्तामा आफुहरुले ५ वर्ष अघिनै विवाह गरेको उनिहरुले स्विकार गरेका हुन् ।

जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला
Loading...