कसैलाई भन्न नहुने सधैँ गोप्य राख्नु पर्ने कुराहरू, जानी राखौँ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ।

महत्वपूर्ण दर्शनको रुपमा लिइने चाणक्यका दर्शन आजको समयमा पनि उतिकै सान्दर्भिक छ। दार्शनिक, अर्थशास्त्री तथा कुटिल रणनीतिकार चाणक्यले बताएका जीवनमा गोप्य राख्नु पर्ने केही कुराहरू यहाँ प्रस्तुत गरिदै छ।

धनको लाभ र हानी बारे : पुरुषले धनको लाभ र हानिको बारे कुरा गोप्य राख्नु पर्ने चाणक्यले बताएका छन्।

दुख नबाँड्नुस् : चाणक्यको अनुसार जीवनमा आफ्नो दुख अरुलाई भन्नु हुँदैन । उनका अनुसार आफ्नो दुख अरुका अगाडि सुनाउँदा दुनियाँले मजाक मात्र उडाउँछ।

आफ्नी श्रीमतीको बारेमा : चाणक्यको अनुसार आफ्नी श्रीमतीसँग जोडिएका सबै कुरा गोप्य राख्नु पर्छ किनकि आफ्नो घर परिवारको आन्तरिक कुरा अरुले थाहा पाउँदा भविष्यमा भयानक दुर्घटना पनि हुनसक्छ।

आफू हेपिएको कुरा : चाणक्यको अनुसार जीवनमा कुनै नीच व्यक्तिले आफूलाई गरेको अपमान बारे पनि कसैसँग कुरा गर्नु हुँदैन किनकि यस्तो कुरा अरुले थाहा पाए भने मजाक उडाउने गर्छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...