भर्खरै काठमाडौँमा घट्यो फेरी अर्को डरलाग्दो घटना श्रीमती माथि एसिड प्रहार

हाम्रो सन्देश संवाददाता

१ जेष्ठ, काठमाडौं ।

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटी नेतृत्वको प्रहरी टोलीले केहीबेर अघि पक्राउ गरेको हो ।

भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ । पक्राउ गरेलगत्तै उनलाई अहिले काठमाडौं प्रहरी परिसर ल्याइँदै गरेको प्रवक्ता बोगटीले जानकारी दिए ।

उनीहरुको ३ वर्षको छोरा समेत रहेको बताइएको छ ।

युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि पठाइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...