रातारात इन्टरनेटमा भाइरल भएका यी पाँच महिलाको वास्तविकता

हाम्रो सन्देश संवाददाता

मुम्बई।

बलिउड कलाकारका फोटो र भिडियो पछिल्लो समय रातारात भाइरल भइरहेका छन्। पछिल्लो ट्रेण्ड अनसार सामाजिक संजालमा अपरिचित मानिसको भिडियो पनि भाइरल हुन थालेको छ। र उनीहरु रातारात भाइरल हुन्छन्। आज हामी तपाइँलाई रातारात स्टार भएका कलाकारको विषयमा जानकारी दिन गइरहेका छौं।

रीना द्विवेदी

पाँचौं चरणको मतदानका क्रममा पहेँलो साडी लगाएकी महिला पोलिङ अधिकारीको फोटो सामाजिक संजालमा निकै भाइरल भएको थियो। यो फोटोले पोलिङ अफिसरलाई रातारात इन्टरनेट सेन्सेशन बनाइदियो। यी महिलाको नाम रीना द्विवेदी हो। उनी लखनउमा पीडब्ल्यूडी विभागमा काम गर्छिन्।

प्रिया प्रकाश वारियर

भ्यालेन्टाइन डेमा प्रिया प्रकाशले मलयाली फिल्म ‘ओरु अडार लभ’ बाट डेब्यू गरिन्। सो क्रममा उनले आँखा झिम्क्याएको भिडियो रातारात भाइरल भयो र उनी चर्चित सेलिब्रेटी बनिन्।

ढिंचैक पूजा

सेल्फी मैने ले ली है गीतबाट रातारात चर्चित भएकी ढिंचैक पूजा पनि यो लिस्टमा पर्न सफल भएकी छन्। उनको लोकप्रियातालाई हेर्दै उनलाई बिग बोसमा निमन्त्रणा गरियो।

दीपिका घोष

६ सेकेण्डको एउटा भिडियोले एक युवतीलाई रातारात स्टार बनाइ दियो। यी मिस्ट्री गर्लको नाम दीपिका घोष हो। ५ मे मा हैदराबाद र बेंगगोलबीच चिन्नास्वामी स्टेडियममा भएको खेलका क्रममा प्रत्येक व्यक्तिको आँखा एक युवतीमाथि आएर रोकिन्थ्यो। रातो रंगको टप र जिन्स पाइन्ट लगाएकी दीपिकाले क्यामेराको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भइन्। खेल सकिन नपाउँदै उनी सामाजिक संजालमा भाइरल भइसकेकी थिइन्।

साइमा हुसैन
शाहरुख खानकी फ्यान साइमा हुसैन पनि आफ्नो एउटा तस्वीरका कारण रातारात चर्चित भइन्। एक कार्यक्रममा क्रममा उनी शाहरुख खानसँग भेट्न पुगेकी थिइन्। सो क्रममा भीडलाई छिचोल्दै उनी शाहरुख खानसँग सेल्फी दिन सफल भइन्। त्यसपछि सबैको नजरमा शाहरुख भन्दा पनि साइमा परिन्। साइमा श्रीनगरकी बासिन्दा हुन्।

योगेश्वरी गोहिते ओंकार
एउटा निलो पोशाक लगाएकी महिलाको तस्वीर निकै भाइरल भइरहेको छ। उनको चौतफी चर्चा चलिरहेको छ। यी महिला कर्मचारीको नाम योगश्वरी गोहिते ओंकार हो। मध्य प्रदेशमा लोकसभा चुनावको छैटौं चरणको मतदान भन्दा पहिला यी महिलाको फोटो भाइरल भयो। यसअघि एक महिला कर्मचारीको फोटो पनि भाइरल भइसकेको थियो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...