काठमाडौँको सुन्धारामा ट्याङकरले मार्यो मान्छे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ जेठ ।

काठमाडौँको सुन्धारामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक युवतीको ट्रकले ठक्करबाट शुक्रवार बिहान मृत्यु भएको हो।

ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते छन् । घाइते केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...