श्रीमानबाट यौन सन्तुष्ठी नभएको भन्दै श्रीमतीले गरिन यस्तो हर्कत

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अहिलेको कलियुगमा के मात्र देख्न र सुन्न पर्दैन् । मानव समाजले नसाचेका घटनाहरु बाहिर आउन थालेका छन् । हाम्रो समाज परम्परा, नैतिकता र धार्मिक विश्वासमा चलेको छ । त्यही अनुसार मानव जीवनको चक्र पनि चलेको छ । तर यहाँ मानव जीवनको अनौठो सम्बन्ध बाहिर आएको छ ।

व्रिटेनमा एक युवतीले श्रीमानसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विवाह गर्न लागेको घटना सार्वजनिक भयो । समाचार एजेन्सीका अुनसार एक ३६ वर्षीय बुहारीले आफ्ना ३५ वर्षका पतिसँग सम्बन्ध विच्छेद गरेर ससुरासँग विवाह गर्ने फैसला गरेकी छिन् । महिलाको यो फैसलाबाट सबै अचम्मा परेका छन् ।

यो घटना ब्रिटेनको ग्रिम्सबाई शहरको हो । लीजा गोड्डार्ड नामकी ३६ वर्षीय महिलाले ३५ वर्षीय जैसन हारवूडसँग एक युवा क्लबमा चिनजान भएपछि मन पराएर २०१३ मा विहे गरेकी थिईन् । तर उनीहरुको वैवाहिक जीवनमा एक वर्षपछि खटपट सुरु भयो । र दुबैले एक अर्काबाट अलग रहने निर्णय गरे ।

सम्बन्ध विच्छेदपछि जैसनले लीजालाई अफ्नो बुबा अर्थात लीजाका ससुराका घरमा बस्न सल्लाह दिए । ताकि दुबै जनाको पैसा बचत होस् । त्यसैअनुसार लीजा आफ्ना ससुरासँग बस्न थालिन । तर, ससुरसँग बसेको केही दिनमै घटनाले अर्कै मोड लियो । सँगै बस्दा ससुरासँग लीजाको माया प्रेम बस्यो ।

उनीहरुबीच शारीरिक सम्पर्क पनि भयो । त्यो बेला उनीहरु यती नजिक भएकी उनीहरुले जैसनलाई छाडेर आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्ने निर्णयमा पुगे ।

जैसनकी श्रीमती लीजाले अब उससँग पूर्णरुपमा सम्बन्ध विच्छेद गरेर उनका बुबासँग विवाह गर्ने फैसला गरिन् । लीजा र जैसनका बुबाको विवाह समेत तय भयो । अचम्मको कुरा त के छ भने उनी जुन ससुरासँग विहे गर्दैछिन् उनी ७४ वर्षका बुढा हुन् । अर्थात लीजाको उमेर भन्दा ४० साल जेठा छन् ।

डेली मेलका अनुसार, आफ्नी पत्नीको यस्तो निर्णयप्रति प्रतिक्रिया दिँदै जैसनेले भनेका छन्९‘म अब लीजाको पूर्व पति हु र बुबासँग विवाह गरेर लीजा मेरी सौतेली आमा बन्दैछिन ।’ जैसनका पिता जोनले अफ्नो फेसबुकमा लीजासँग आफ्नो मग्नी भइसकेको कुरा लेखेका छन् ।

तर यो विवाह तय हुनुभन्दा पहिले जब जैशन लीजासँगै बुबासँग बस्थे त्यो बेला उनलाई लीजा र अफ्ना बुबाबीच अवैध सम्बन्ध भएको शंका गरेका थिए । तर उनले बुबालाई त्यो कदमको विरोध गर्नुको सट्टा बधाई दिने निर्णय लिएका छन् । अहिले लीजाको विवाह ससुरासँग भएको छ । एजेन्सी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...