बस दुर्घटना : पाँचको मृत्यु, ३० घाइते

हाम्रो सन्देश संवाददाता

भारत,४ ज्येष्ठ ।

आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ ।

घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।

घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...