२ बस ठोक्किदा चालकको मृत्यू, ३० जना घाइते

हाम्रो सन्देश संवाददाता

हेटौँडा,४ ज्येष्ठ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका ३ बसामाडीमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर तर्फ जादै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं जादै गरेको ना ७ ख २०५७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको र ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्।

दुघर्टनामा ना ७ ख २०५७ नम्बरको बस चालक साविकको उदयपुर वरही गा वि स ६ का ४० बर्षीय मान बहादुर मगरको मृत्यू भएको प्रहरीले जनाएको छ।

३ जना घाइतेहरुलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज रिफर गरिएको छ । १२ जना घाइतेको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको र बाकि घाइतेहरु सामान्य उपचारपछि घर फर्किसकेका प्रहरी जानकारी दिएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...