इलाममा बाख्रि बलत्कृत

हाम्रो सन्देश संवाददाता

इलाम ,४ ज्येष्ठ ।

बाख्रा करणी गरेको आरोपमा इलाममा एक पक्राउ परेका छन् ।

इलाम नगरपालिका ५ का २५ वर्षीय दिवस शिवाले छिमेकी कुमारी लिम्बूको गोठको बाख्रा करणी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बाख्रा कराएपछि बाहिर निस्केर हेर्दा शिवाले बाख्रा करणी गर्दै गरेको देखेपछि तत्काल प्रहरीलाई फोन गरेर पक्राउ गरिएको थियो ।मादक पदार्थ सेवन गरेर शिवाले बाख्रालाई करणी गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।शिवालाई तत्काल जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जनाएको छ । शिवालाई पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...