अस्ट्रेलियामा रमाउँदै नव दम्पती (तस्विर सहित)

हाम्रो सन्देश संवाददाता

सिड्नी ।

प्रत्रकार तथा चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने र निकिता पौडेल केही दिन पहिले मात्र विवाह बन्धन मा बाँधिएका थिए । विवाह लगत्तै लामिछाने पत्नीसहित अस्ट्रेलिया आइपुगेका हुन् । नयाँ दम्पती छुट्टी मनाउनको लागी भन्दा पनि रविको कामका कारण उनीहरू अस्ट्रेलिया आएका हुन् । अहिले रवि ‘सिधा कुरा जनता सँग’को टिम सहित अस्ट्रेलियामा छन् ।उनी अस्ट्रेलियाबाट कार्यक्रम चलाइरहेका छन् ।अस्ट्रेलियाको लोकप्रिय टेलिभिजन ‘लाहुरी टिभी’को सहकार्यमा लामिछानेले विशेष कार्यक्रम लिएर अस्ट्रेलिया आएका हुन् । शुक्रवार साँझ हर्षभिलको मराना अटोडेरियममा कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रम अघि र पछि लामिछानेको क्रेज पनि देखियो ।अस्ट्रेलियामा लामिछानेको टिमले उक्त कार्यक्रममा नेपाली समुदायको समस्या सुनेको थियो । समाधानका लागि पहल पनि गरेको थियो । अहिले रवि र निकिताको अस्ट्रेलियाको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । हुन पनि तस्बिरमा रवि र निकिता निकै रोमान्टिक मुडमा देखिएका छन् । रवि र निकिता अब केही समयपछि नेपाल फर्कनेछन् ।तस्विरः लाहुरी टिभिको फेसबुक पेज बाट

१.२.३.  ४.५.६.७.८.९.

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...