दुःखद खबर ! अजय देवगणका पिताको हृदयघात भइ निधन

हाम्रो सन्देश संवाददाता

एजेन्सी, १३ जेठ ।

बलिउड स्टार अजय देवगणका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको हृदयघात भइ निधन भएको छ ।

बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगणको सोमबार बिहान हृदयघात भइ निधन भएको खुलासा गरेका हुन् ।

विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशनसमेत गरेका छन् ।

‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्र्याएका विरुको सोमबार साँझ अन्तेष्ठी गरिने आदर्शले जनाएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...