स्थानीयले रंगशालामा डोजर लगाएपछि धुर्मुस रुदै मिडियामा (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चितवनमा निर्माण भईरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइदिएका हुन् । उनीहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् ।

रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरेदेखि विवाद भएको थियो । रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ ।
https://www.youtube.com/watch?v=1pOQ7ddMxqo
केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ । घटनामा संलग्न रहेका मुख्य व्यक्ति प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...