पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ जेठ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले वृद्धि भएको छ।

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यमा वृद्धि गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ ५० पैसा पुगेको छ।

मूल्य बढाउँदा पनि नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो पर्न आउँछ ।

निगमले मूल्य समायोजनपछि पनि प्रति महिनामा १४ करोड ४२ लाख घाटा रहेको जनाएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...