आज नेपाली बजारमा सुन र चाँदीको मूल्य कति?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ जेठ ।

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। हिजो नेपाली बजारमा सुन प्रति तोला रु.५९,५०० मा कारोबार भएकोमा आज बिहिबार पनि ५९,५०० रुपैयामै कारोबार भईरहेको छ।

यस्तै तेजावी सुनको मूल्य आज पनि ५९,२०० रुपैँया रहेको छ।

नेपाली बजारमा चाँदीको मुल्य पनि स्थिर देखिएको छ र आज पनि हिजो जस्तै ७०० रुपैया प्रति तोलामा कारोबार भईरहेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...