ॐ लेख्दै १८ गते शनिवारकाे राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

हाम्रो सन्देश संवाददाता

मेष राशिः मेष राशि हुनेहरुको लागि बोलेको कुराको अपव्याख्या हुनसक्ने छ अल्लि ख्यालपूर्वक बोली व्यवहार गर्नुपर्ला । आज दिन अपेक्षा गरेको तथा आश्वासन मिलेकै तर्फबाट भन्दा अन्यबाट केही भौतिक उपलब्धि हुनसक्ने छ । कसैकसैलाई गलत संगत तथा विपरित आहारको सम्भावना पनि देखिएकोले खानपानमा अल्लि ख्याल गर्नु उपयुक्त हुनेछ ।

वृष राशिः व्यवसायिक लाभ मिल्नेछ । इष्टमित्रको आगमन हुने र सौगात आदि मिल्नसक्ने हुनाले पारिवारिक वातावरण पनि सौहार्दता पूर्ण बन्नेछ ।यहाँलाई एक अंक, रातो रङ्गको सदुपयोग शुभकर हुनेछ भने शनिदेवको दर्शनभक्ति गर्नुफापकर हुनेछ। नया कार्यदिशा अवलम्बन गर्नसकिने तथा नयाँ कामको प्राप्ति हुनसक्ने छ ।

मिथुन राशिः नसो“चेको विपरित हुनसक्ने सम्भावना पनि देखिएको छ, संहालिन जरुरी हुनेछ । संघर्षगर्नुपर्ने तथा समस्या, शंका–भय जस्ता वातावरणसँग जुध्न आत्मबल बढाउने तथा आत्मबल नगिराउने गर्नुपर्ला । खर्चका बहानाहरु बढ्ने र कामकार्यमा बाधाव्याबधान आइपर्ने छन् । धैर्यतापूर्वक स्वकर्ममा तल्लिन हुनाले केहीहद्सम्म लाभ गर्न सकिने छ ।

कर्कट राशिः मान्यजन तथा उच्चपदस्थ व्यक्तित्त्वहरुसँग भेटघाट एवम् सम्बन्ध विस्तार हुनसक्ने छ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको व्यवहार अनुकूल रहनेछ भने मुख्य कार्यमा आउने बाधाब्याबधानको निवारणको लागि भैरवदेवको आराधना र कुकुरसेवा शुभप्रद हुनेछ।सामान्य कामकार्यमा भने ग्रहस्थिति स्वभाविकै रहने छ ।

सिंह राशिः पदप्रतिष्ठा प्राप्ति हुनसक्ने दिन भएतापनि आफ्नै आत्मबल कमजोर रहनसक्ने सम्भावनाको छ । सोंचेजति नभएपनि व्यापार व्यवसायबाट केहीहद्सम्म लाभ गर्नसकिने छ भने राजनीतिकर्मी एवम् समाजसेवीको लागि पनि दिनलाई सकारात्मक मान्नसकिन्छ । उच्च ओहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ

कन्या राशिः व्यापार व्यवसायको क्षेत्रमा पनि आकस्मिक लाभ हुनसक्ने छ । गुरुजनको आर्शिवाद लिनु थप सफलताकर हुनेछ।तथापि आफूभन्दा माथिल्लो निकायलाई सिकायत पुग्ने हुनाले कामक्षेत्रमा केही अपयश पनि व्यहोर्न पर्नसक्ने छ ।आत्मबल नगिराइ दृढताको साथमा आफ्नो कर्तव्यबाट विचलन नभएमा अन्ततोगत्त्वा परिणाम आफ्नो पक्षमा ल्याउनसकिने छ

तुला राशिः स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ ।आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

वृश्चिक राशिः सुखसन्तोष कर सन्देश प्राप्त हुनेछ । माङ्गलिक कार्य तथा कार्यक्रम आदिमा संलग्न हुन पर्नसक्ने सम्भावना पनि देखिन्छ ।। सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । भ्रमण आदिको संयोजलाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ ।

धनु राशिः उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता मिल्ने र आत्मबल बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक दृढता बढ्नेछ । मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणको लागि आज यहाँले शनिदेवलाई खुशी बनाउने कुनै उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

मकर राशिः ज्ञानोन्माद बढ्नसक्ने र कसैकसैलाई अरु खाइस बुद्धि आफू खाइस रीश भनेजस्तो पर्नसक्ने भएकोले कामकार्य तथा जनव्यवहारमा व्यवहारिकतालाई जोड् दिनु बुद्धिमानी र हितकर हुनेछ । विद्वतताको घमण्ड गर्दा स्थापित परिचयमा आ“च आउनसक्ने र अन्तिममा मनोवैज्ञानिक पश्चाताप पर्नसक्ने भएकोले आज निकै होस पूर्वक अघि बढ्नु होला ।

कुम्भ राशिः विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ ।विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । तथापि स्वधर्मको पालनापूर्वक आफ्नो कर्तव्यमा निष्ठ रहनाले सम्भावित प्रतिकूलता हटेर आकस्मिक लाभ एवं सफलता पनि मिल्नसक्ने छ ।

मीन राशि: तथापि उपयुक्त उपलब्धि हासिल गर्न मनोन्माद्लाई संयम गरी स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । उन्मादी हौंस्याहटलाई कम गरी व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ ।पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...