राशिफल : वि.सं.२०७६ साल ज्येष्ठ २० गते सोमबार

हाम्रो सन्देश संवाददाता

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने लगानि डुब्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा कमजोर भएको आभास हुनेछ । माया प्रेममा सामान्य मनमुटाव हुनेछ भने घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा भनाभन हुँने योग रहेकोछ

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयमा काम नबन्ने तथा ऋण लाग्ने हुँनाले मानसिक तनाब बढ्नेछ । हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुँन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुँनाले आज मुद्धा मामिलामा सामेल भए हारिने सम्भावना रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायला लगानि बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । कार्यक्षेत्रमा आउने समस्याहरुलाई हल गर्ने क्षमता बढ्ने हुनाले कार्यसम्पादन मुल्याङकन सुचक बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...