धोबिघाटमा भयानक दुर्घटना, पत्रकारसहित दुईको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ जेठ ।

धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारीको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

दुईवटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...