केहि अघि छोरो गुमाएका प्रचण्डमाथि फेरी थप अर्को पिडा संगै बज्रपात!

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ जेठ ।

केहि अघि पुत्र बियोग ब्यहोरेका माओवादी अध्यक्ष प्रचण्डलाई थप अर्को पिडा थपिएको छ ।प्रचण्डलाई हालै थपिएको पिडा भने उनकै पत्नि सीता दाहालको कारणले हो । प्रचण्ड पत्नि सीता दाहाल जो जनयुद्धदेखी नै प्रचण्डलाई राजनीतीक परामर्श एवं सुझाव सरसल्लाह दिई जीवन साथीको साथै राजनैतीक सहयात्री बन्दै आएकी थिईन् हाल उनी असामान्य बन्न पुगेकी छन् ।

बोलीरहेको मान्छे को हो भनेर नचिन्ने , अहिलेको कुरा अहिल्यै बिर्सने, टोलाईरहने, एक्लै बर्बराउने जस्तो समस्या हाल सिता दाहाललाई देखा परेको छ जसका कारण प्रचण्डलाई पिडा थपीएको छ ।करीव चार वर्ष अघि जेठी पुत्री र एक मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्डले अव फेरी पत्नीको मनोरोगका कारण तनाव ब्यहोर्न पर्ने देखीएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले बताए अनुसार र लक्षण हेर्दा उनलाई अल्जाइमर भएको हुन सक्ने आशङ्का गरेका छन् । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परविर्तन गर्ने, बिसर्ने, नयाँ कुरा सिक्न नसक्ने, अरूप्रति विश्वास नगर्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने आदि बनाउँछ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...