सुनको भाउ लगातार बढदै, हेर्ननुहोस कति पुग्यो आज सुनचाँदिको भाउ ?

हाम्रो सन्देश संवाददाता

जेठ २३, काठमाडौं ।

आज बिहिबार पनि सुनको भाउमा वृदि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तथा चाँदीको भाउमा रु. ३०० ले वृदि भएको छ ।

बुधबार रु. ६२ हजार रुपैँयामा कारोवार भएको छापावाल सुनको भाउ आज बिहिबार रु.३०० ले बढेर रु.६२ हजार ३०० मा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैँयामा कारोवार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ । बुधबार रु.७१५ मा कारोबार भएको चाँदी आज बिहिबार प्रतितोला रु. ७१५ रुपैँयामा नै कारोबार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...