‘प्रकाश सपुतलाई आइजीपी खनालकाे फोन’

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

पछिल्लो समय बाेलमाया, गलबन्दी गीतबाट चर्चामा रहेका गायक / सर्जक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिनुभएकाे छ । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केको धन्यबाद दिँदै निरन्तरताकाे लागि शुभकामना दिनुभएकाे हाे ।

गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै नभइ लोक संगित र मौलिकताले आफूलालाई दराे बनाएकाे फेसबुकमा लेख्नुभएकाे छ । प्रकाश सपुतले निकालेको उक्त गीत युट्युव टे«डिङ एकमा छ । जुन गीत ८० लाख बढी पटक हेरिएको छ । उनले लेखेको फेसबुक स्टार्टस यस्तो छ । म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ । हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएकोभएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा
धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

यो एउटा उदाहरण मात्रै । जोयसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ। यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनी समग्र लोक संगित कर्मिका लाग सुखद कुरा हो जस्तो लाग्छ ।

गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको होरअन्तत:नेपालीलाई नेपालीपन नै मनपर्ने रैछ भन्ने कुरा गित संगित, चलचित्र, साहित्य सबै तिर पुनर्विचार हुन थालेको छ ।हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...