अब इन्टरनेटको मूल्य बढ्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौ, २४ जेठ ।

इन्टरनेट सेवा प्रदायकले आगामी साउन १ गतेदेखि इन्टरनेटको मूल्य २० प्रतिशतसम्म बढाउने तयारी गरेका छन् ।

अघिल्लो वर्ष राखिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क यो वर्ष फिर्ता नभएकाले इन्टरनेटको मूल्य बढाउन लागिएको हो ।

उनीहरुले आफुहरु वित्तीय रूपमा नाजुक अवस्थामा रहेको र अब पनि मूल्य समायोजन गरेर बस्न नसक्ने बताएका छन् ।

अब टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुलउपर गर्नु पर्नेछ ।

बुधबार अर्थमन्त्री खतिवडाले संसदमा पेस गरेको आर्थिक विधेयकमार्फत इन्टरनेटमा लाग्ने थप १३ प्रतिशत शुल्कलाई यो वर्ष पनि निरन्तरता दिइने बताएका थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...