दुर्घटनापछि पत्नीलाई भिडियो कल गरेर अस्ताए यी युवा

हाम्रो सन्देश संवाददाता

एजेन्सीः

भारतको बिहार राज्यस्थित बेगुसरायमा इयरफोन कानमा लगाएर मोटरसाइकल चलाउँदा दुर्घटना भएको छ। दुर्घटनापछि पत्नीलाई भिडियो कल गरेर एक युवा प्राण त्यागेका छन् ।

त्यहाँको राष्ट्रिय राजमार्ग—२८ मा इयरफोन लगाएर मोटरसाइकल चलाइरहेका युवकको ट्रकसँग ठोक्किँदा ज्यान गएको छ।

समाचार अनुसार, ठोक्किएपछि भुइँमा ढलेका ती युवकको ट्रकको पांग्राले किचेर ज्यान गएको हो।ट्रकले कुल्चिँदा ती युवकको एउटा खुट्टो काटिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार, युवकले कानमा इयरफोन लगाइरहेकाले ट्रकको आवाज सुन्‍न पाएनन्। दुर्घटनापछि बेहोस भएका युवकदाई पुलिसद्वारा बेगुसरायस्थित अस्पताल लगियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...