दुबईमा यात्रुबाहक बस दुर्घटना १७ को मृत्यु

हाम्रो सन्देश संवाददाता

दुबई ,२५ जेठ ।

दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ को मृत्यु भएको त्यहाँ सञ्चार माध्यमले जनाएका छन् । ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विभिन्न देशका नागरिकहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार यस दुर्घटनामा परी आठ भारतीय नागरिकको मृत्यु भएको छ । घाइतेहरुको उपचार भइरहेको छ । करिब ५० वर्षीया चालक घाइते भएका र उनको उपचार भईरहेको अधिकारीहरुको भनाई छ ।

दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको र दुर्घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

दुबईस्थित भारतीय दूतावासले मृत्यु भएका भारतीय नागरिकको नाम सार्वजनिक गरेपनि घटनाको संपूर्ण विवरण आधिकारिक रूपमा सार्वजनिक भने भइसकेको छैन ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...