पत्नीको मृत्युपश्चात् अस्पतालमै शव छोडेर पति गायब ,घटनाको छानबिन र अनुसन्धान जारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, जेठ २५ ।

नुषामा एक पति पत्नीको मृत्युपश्चात् अस्पतालमै शव छोडेर गायब भएका छन् । धनुषाको क्षीरेश्वर नगरपालिका निवासी विन्दे यादवका छोरा अरविन्द यादवले गएराती आफ्नी पत्नीलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याएको तर उपचारको क्रममा पत्नीको मृत्यु भएपछि शवलाई अस्पतालमै छोडेर फरार भएको माइती पक्षले जनाएको छ ।

‘सामान्य टाउको दुःखेको भनि अस्पताल ल्याएको छोरीको कसरी मृत्यु हुन्छ । यो मृत्यु हैन हत्या हो । मृतक महिलाका बूबा महोत्तरी वर्दीवाश २ का ६८ वर्षीय राम विनयले भने । छोरीको अवस्थाबारे राति ३:३५ मा आफुलाई फोन आएको बताए । बिहान आउदा छोरीका पति र उनका घरका सबै जना फरार भएका छन् । यो हत्या नै हो ।’ पिताले गहभरी आँशु झार्दै भने ।

२२ वर्षे छोरी रेणु यादवको ६ वर्ष पसहले विहे भएको थियो । ‘विहे भएको ५ महीना पछि ज्वाइ विदेश गएको र केहि दिनदेखि छोरीलाई फोन गर्न छोडेको थियो ।’ मृतकका पिताको भनाइ रहेको छ ।

‘विदेश गएपछि पतीले फोन बन्द गरेका थिए । घटनापछि किन पति र घरका व्यक्ति भागेको छन’ प्रश्न गर्दै उनले भने . छोरीको घाटीमा पराल देखिएको छ । त्यसकारण पनि छोरीको घाटीमा पराल राखेर थिचेर मारेको हुनसक्ने मृतक महिलाका पिताको आशंका छ ।

मृतकको शव अहिले जनकपुर अञ्चल अस्पताल शव गृहमा पोस्टमार्टमको लागि राखिएको छ । पोस्टमार्टम भएपछि मात्र केहि भन्न सकिने जनकपुर अञ्चल अस्पताल प्रसाशनको तर्क छ ।

पीडित माइत पक्षका अनुसार मृतक रेणुका पति झन्डै २० दिन पहिले विदेशबाट गाउँ फर्केका थिए । घटनाबारे धनुषा प्रहरी सँग बुझ्दा धनुषा प्रहरी सहायक निरीक्षक एवं प्रहरी प्रवक्ता रामेस्वर कार्कीले भने ‘माइती पक्षले भने जस्तो हत्या नै भएको भन्न सक्ने अवस्था देखिएको छैन्, प्रारम्भिक अनुसन्धानले औषधिको अत्यधिक प्रयोगले मृत्यु भएको हुन सक्ने बुझिएको छ । तर अनुसन्धान जारी छ ।’ उनले ६० ओटा भन्दा बढी टेबलेट खाएको बुझिएको तर पोस्टमार्टम पछि सबै स्पष्ट हुने कार्कीले बताए ।

पछिल्लो समयमा २ नम्बर प्रदेशमा विभिन्न कारण महिलामाथि भइरहने हिंसाका निकै क्रुर घटना सार्वजनिक हुने गरेका छन् । मुख्यत दाइजोको कुरालाई लिएरु महिलामाथि हिंसा बढेको देखिएको छ । यसअघि २ महिलाको दाइजोकै कारण हत्या भएको समाचार बाहिरीएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...