ढोकैमा रहेको सर्पले भित्र पस्न लाग्दा अनुहारमा डसेपछि …!

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ जेठ ।

तपाइँ आफ्नो घरको ढोकामा सर्प देख्नुभयो भने के गर्नुहुन्छ ? सम्भवत तपाईंको होस् हवास उड्छ अनि चिच्याउनु हुन्छ होला हैन ? हो संयुक्त राज्य अमेरिकामा ठ्याक्कै यस्तै घटना घटेको छ जुन सुनेर तपाईको आङ जिरिङ्ग हुनेछ । संयुक्त राज्य अमेरिकाको दक्षिणी-मध्य राज्य ओक्लाहोमाको लाटोन शहर निवासी जेरेल हेउड घरको मुख्य प्रवेशद्वार खोलेर आफ्नो घरभित्र जाँदै थिए, त्यति नै बेला प्रवेशद्वार माथि रहेको पोर्च लाइटमा बेरिएर बसेको सर्पले उनको अनुहारमै डस्यो । यस्तो भयानक घटना हुन् सक्ने बारे उनले सपनामा समेत सोचेका थिएनन् । यो सबै दृश्य क्यामरामा पनि कैद भईरहेको थियो । यो घटना ५ मेको हो ।

भाग्यवश त्यतिबेला हेउडसँग उनका साथी पनि थिए र साथीले उनलाई तत्कालै अस्पताल पुर्याए । परिक्षणमा सर्प विषालु नभएको थाहा भयो । जसको कारण उनको जीवन बच्यो । हेउडलाई डस्ने सर्पलाई उनका एक छिमेकीले रडले हानेर मारिदिएक थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...