एमबीबीएस विद्यार्थी शिशिर ८ दिन पछि कीर्तिपुरको जङ्गलमा मृत अवस्थामा फेला

हाम्रो सन्देश संवाददाता

अर्घाखाँची, २६ जेठ ।

काठमाडौँ मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौथो वर्षमा अध्ययनरत गर्दै गरेका शिशिर खनाल मृत फेला परेका छन् ।उनी ८ दिन पहिले काठमाण्डौको कोटेश्वर बाट हराएका थिए । १७ गते देखी बेपत्ता भएका शिशिर खनाल शनिबार कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्। उनी काठमाडौँ कोटेश्वरमा बस्दै आएका थिए । उनी चढ्दै आएको मोटरसाइकल प्रहरीले केही दिन अघि किर्तीपुरको पुष्पलाल पार्कमा फेला परेका थियो ।

बाइक भेटिए पनि प्रहरीले उनको पत्तो पाउन सकेको थिएन। खोजी कार्य भइरहेको थियो ।खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिएको हो । अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजु सँग घर किनेर यतै बस्दै आएको बताइएको छ । केही समय अघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । शव पोस्ट् मार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...