भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी खोलामा डुबेपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ जेठ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको छ ।सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको हो । बा २ झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको थियो । सहरे खोलामा पुल निर्माण हुने भए पछी अर्जुन चौपारी गा पा(केन्द्र) वार्ड नम्बर १ बजार देखि अधिखोला गापा – अर्घौधी, राम्चे, अरुचौर हुदै नेपालकै पहिलो पर्यटकिय गाउँ सिरिवारीको यात्रा गर्दा भोग्नुपर्ने समस्याको अब समाधान हुने भएको छ ।

यहि बर्ष सहरेखोला पक्की पुल निर्माणका लागि बजेट बिनियोज भएको छ र उक्त काम अर्जुनचौपारी गा पा ले नभई सडक डिभिजन कार्यलय पोखराले हेरिरहेको छ ।अर्जुनचौपारी गा पा को ब्यबस्थापन संगै सडक डिभिजन कार्यलय पोखराको आयोजनामा सहरे खोलाको पक्कि पुलको शिलान्यास माननिय भौतिक पुर्वाधार तथा यातयात मन्त्रि रघुविर महासेठद्वारा गरिएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...