सुनसरीको बराहक्षेत्रमा ट्याक्टरले च्यापिएर मियाको मृत्यु

हाम्रो सन्देश संवाददाता

सुनसरी, २९ जेठ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालक मोहमद मियाको ज्यान गएको छ।

बुधबार बिहान १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा सहचालक स्थानीय ३२ बर्षीय मिया ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले च्यापिएका सहचालकलाई उद्धार गरी उपचारको लागि बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो १२:२० मा ज्यान छ।

ट्याक्टर र चालक इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ। फाइल तस्विर

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...