यसरी गरौं टर्की पालन :भिडियो हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes) अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट (Agrocharis or Melagrias ocellata ) र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । यसको विकास मेक्सीकोवाट भएको हो त्यसपछि तुरुन्तै इटलीले लग्यो । त्यसपछि स्पेन हुँदै युरोप अमेरिका र एशिया भरी नै छायो । यी दुई प्रकारका टर्कीमा पनि हावा पानी र भौगोलिक प्रभावले गर्दा विविधता पाईन्छ ।

जातहरु :

हुन त टर्कीका धेरै जातहरु विकास भएका छैनन् तैपनि अमेरीकाको पोल्ट्री संस्थाले विकास गरेका जातहरु व्रोन्ज, ह्वाईट हलैण्ड, व्राउन रेड नार्गान सेट, कालो स्लेट र स्मल ह्वाईट मुख्य हुन् । त्यस्तै जंगली जातवाट विकास गरिएका व्रोड व्रेनटेड व्रोन्ज र व्रोड व्रेन्टेड ह्वाइट हुन् ।

नेपालमा टर्की पालन :

नेपालमा टर्की कहिले आयो भन्ने कुराको यकिन गर्न नसकियतापनि यसको पालन भने काठमाण्डौमा फाट फुट देखिन्छ । परवानीपुर कृषि अनुसन्धान केन्द्रमा मिडियम ह्वाईट जातको टर्की २०५७ सालमा भारतको वरेलीवाट ल्याईएको हो । यहाँवाट व्यवसायिक रुपमा टर्की पालन गर्न चाहने कृषकहरुलाई चल्ला र प्रविधि वारे जानकारी दिईन्छ । वढी मूल्यमा वेचविखन हुने यो टर्कीको पालन निम्न अनुसार गर्न सकिन्छ ।

तालिका १.

टर्कीलाई खुवाउने दानामा उमेर अनुसार प्रोटीन र शक्तिको मात्रा निम्न अनुसार हुनु पर्छ ।

तह उमेर प्रोटिन शक्ति / के.जी दाना

स्ट्रायर–१ ०–२ हप्ता २८ २९०० क्यालोरी

स्ट्रायर–२ २–४ हप्ता २६ ३००० क्यालोरी

ग्रोअर–१ ४–८ हप्ता २३ ३०५० क्यालोरी

ग्रोअर–२ ८–१२ हप्ता २० ३१५० क्यालोरी

डेभ्लपर १२–१५ हप्ता १८ ३२२५ क्यालोरी

फिनिसर–१ पोाथी १२–१६ हप्ता १६ ३२५० क्यालोरी

फिनिसर–२ भाले १५–१८ हप्ता १६ ३२७५ क्यालोरी

माथिको तालिका अनुसार शुरुको उमेरमा २८ प्रतिशत सि.पि भएको दाना दिईन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...