राम्रो संग चिन्नुहोस , यीनै हुन् महिलाको शरीरमा किल्लाले घोच्दै भाग्ने सन्तोष कार्की !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ,१४ असार ।

काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्न एक युवालाई प्रहरीले सार्वजनिक गर्यो ।महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी हिजो शुक्रबार सार्बजनिक गरेको थियो । सार्बजनिक कार्यक्रममा माक्स लगाएर उपस्थित कार्कीको माक्स नलगाएको अबस्थामा खिचिएका तस्बिर सिधाकुरा अनलाइनलाई प्राप्त भएको छ । जुन तस्बिर मा सिरिन्ज आक्रमणकारी कार्कीको हातमा हतकडी मात्र लगाइएको छ ।

पत्रकार सम्मेलनमा कार्कीको माक्स हटाउन अनुरोध गरे पनि माक्स हटाइएको थिएन । महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको अपराध महाशाखासहितको टोलीले कार्कीलाई बिहीबार राति १० बजे महाराजगञ्जबाट पक्राउ गरेको हो।महाराजगञ्जमा फास्टफुट चलाउँदै आएका कार्कीले रेस्टुरेन्ट बन्द गरेर फर्कने क्रममा सोह्रखुट्टे, टंकेश्वर, डल्लु लगायतका क्षेत्रमा महिलामाथि ढलान किल्लाले घोच्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।प्रहरीमा उनले आफूले रमाइलोको लागि महिलामाथि ढलान किल्लाले घोच्ने गरेको बयान दिएका छन्।

केही समयदेखि राजधानीका विभिन्न स्थानमा हुँदै आएको यसखालको आक्रमणले महिला र सर्वसाधरण त्रासमा रहेका थिए।आक्रमण जारी रहने र आक्रमणकारी पक्राउ नपर्ने हुँदा महिलामा थप त्रास सिर्जना भएको थियो।गत जेठमा शृंखलाबद्ध रुपमा डल्लु क्षेत्रमा महिलाहरुमाथि यसखालको आक्रमण भएको थियो।रातिको समयमा महिलामाथि धारिलो बस्तु प्रयोग गरी घाइते बनाउने कायम जारी रहेपछि प्रहरीले त्यो क्षेत्रलाई विशेष निगरानीमा राखेर खोज अनुसन्धान अगाडि बढाएको थियो।घाइते महिलाहरुले टेकु अस्पतालमा उपचार गराएका थिए।

ती महिलाहरुको उजुरीपछि परिसर र महाशाखाको संयुक्त टोलीले विशेष खोजतलास सुरु गरेको थियो।खोजीकै क्रममा बिहीबार राति बाइकमा कोठमा फर्कँदै गरेका कार्कीलाई प्रहरीले बा४७प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको हो।प्रहरीले उनको बयान जारी नै रहेको कारण आक्रमण के बाट भएको थियो भन्नेबारेमा अहिले नै एक्किन बताउँन नसक्ने जवाफ दिएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...