बिश्वकप क्रिकेट : दक्षिण अफ्रिका र श्रीलंकाबीच खेल चलिरहेको बेला एक हुल मौरी मैदान प्रवेश गरेपछि …!

हाम्रो सन्देश संवाददाता

इङ्ल्याण्ड ।


इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीचको ४८ औँ ओभर चलिरहँदा एउटा अनौठो दृश्य देखियो ।

इङ्ल्याण्डको चेस्टर ली स्ट्रिटस्थित रिभरसाइड क्रिकेट ग्राउण्डमा भइरहेको ४७.५ ओभरमा श्रीलंका १९४.८ को कमजोर अवस्थामा हुँदा एकाएक मौरीको हुल प्रवेश गर्यो ।

मौरी आएपछि खेलाडी तथा अम्पाएरहरु मैदानमा पल्टिए । खेल ५–१० मिनेट प्रभावित बन्यो ।

आइसीसीका अनुसार यस्तो घटना पहिले पनि भएको थियो । यसअघि पनि यी दुई टोलीको खेल चलिरहदा नै मौरी मैदान प्रवेश गरेका थिए ।

२ वर्ष पहिले २०१७ फेब्रुअरीमा दक्षिण अफ्रिकाको जोहान्सवर्गमा भएको एकदिवसीय खेलमा पनि यस्तै भएको थियो ।

त्यस बेला मौरीको हुल मैदानमा आएपछि करिब डेढ घण्टा खेल प्रभावित भएको थियो । जुन दिन दक्षिण अफ्रिकी टिम गुलाबी रंगमा खेलिरहेको थियो ।

 

 

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...