मलेसियामा ४ नेपालीसहित ९४ जना अप्रवासी कामदार प्रहरीको हिरासतमा

हाम्रो सन्देश संवाददाता

मलेसिया १७,असार ।

मलेसियामा अवैधानिक रुपमा बसी रोजगारदाता कम्पनीमा शरण लिएर काम गर्दै आइरहेका ४ नेपालीसहित ९४ जना आप्रवासी कामदारहरु मलेसियन प्रहरीले पक्राउ गरेका छन्। गत आइतवारदेखि मलेसिया प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेको स्थानीय सञ्चारमाध्यम द स्टारले समाचार लेखेको छ। विदेशी श्रमिक कार्यरत विभिन्न रोजगारदाता कम्पनीमा २ सय ७१ विदेशीको जाँच गर्दा ९४ जनासँग साथमा वैधानिक कागजात नभएका कारण उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाइएको छ।

मलेसिया प्रहरीका अनुसार सवैभन्दा धेरै बंगलादेशी श्रमिक पक्राउ परेका छन्। बंगलादेशका ३१ जना श्रमिकहरु पक्राउ परेको मलेसिया प्रहरीले जानकारी दिएको छ। त्यसैगरी २८ जना म्यानमारी कामदार, ११ जना ईण्डोनेशियन कामदार, ५ जना भारतीय, ४ जना नेपाली, तीनजना सोमाली तथा २ पाकिस्तानी र २ नाइजेरियाली रहेको द स्टारले लेखेको समाचारमा उल्लेख छ । पक्राउ परेका विदेशी कामदारहरुलाई अनुसन्धानका लागि जिनजाङगस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यो पनि पढ्नुस – कुनै पनि रोगहरु लाग्दा सामान्यतया ज्वरो आउने, रोगलागेको शरीरको भागहरु दुख्ने पोल्ने लगायतका समस्याहरु देखापर्छन् । तर ब्लड प्रेसरले भने विनै कुनै लक्ष्यण भित्रभित्रै मानिसलाई शिकार बनाउछ । त्यसैले यसलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । व्लड प्रेसरमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । अस्वस्थ खानपान, निस्कृय जीवनशैलीले ब्लड प्रेसर बढ्न विशेष भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् । यसको नियन्त्रण गर्न सकिएन भने हृदयघातका कारण मृत्यु हुने खतरा हुन्छ त्यसले गर्दा यसलाई नियन्त्रणका लागि औषधिको प्रयोग गर्नु पर्छ । तर ब्लड प्रेसर भएको छ भने औषधिको प्रयोग नगरि पनि यसलाई नियन्त्रण गर्न सकिन्छ।

नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ। जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ । खाना खाँदा धेरै सलाद खाने गर्नुपर्छ। यसले नुनको सकसक कम गर्छ र ब्लड प्रेसर कम हुन्छ। हरेक दिन कम्तीमा एक गिलास कागती पानी खानुपर्छ । यसमा रहेको एन्टीअक्सीडेटसले रक्तसञ्चार सुधार्छ। र यसमा रहेको भिटामिन सी रहन्छ।

नुनमा सोडियमको मात्रा धेरै हुनेगर्छ। यसले रक्तचाप बढाउँछ। त्यसैले दिनको ३ ग्रामभन्दा बढी नुन खानु हुँदैन। अमला र महको मिश्रण नियमित सेवन गर्नुपर्छ। यसमा भएको एन्टी अक्सीडेट र भिटामिन सीले ब्लड प्रेसर घटाउँछ। धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल नामक स्ट्रेस हर्मोन बढाउँछ र प्रेसर बढाउने गर्छ । त्यसैले धूम्रपान र मद्यपान नगर्नु नै प्रेसर घटाउने उपाय हो ।

पर्याप्त निन्द्राको कमीको कारण पनि तनाव बढ्ने गर्छ। त्यसैले उच्च रक्तचापबाट बच्न दिनको ७ देखि ८ घण्टासम्म सुत्नु आवश्यक रहन्छ। हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ। संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ। यसले तनाब घटाउँछ। दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...