कोपा अमेरिकाः पेरुले चिलीलाई हरायो, उपाधिका लागि ब्राजिलसँग भिड्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, असार १९ ।

चिलीविरुद्ध उत्कृष्ट जीत हासिल गर्दे पेरु कोपा अमेरिकाको फाइनलमा पुगेको छ । गत संस्करण विजेता चिलीलाई ३–० गोल अन्तरले हराउँदै पेरु फाइनलमा पुगेको हो । पहिलो हाफमा २ गोलको अग्रता लिएको पेरुले खेलको २१ औंँ मिनेटमा इडिसन फ्लोरिसले गोल गर्दै अग्रता लिए त्यस्तै ३८औँ मिनेटमा यासहिमार यूटिनले गोल गर्दै पेरुको अग्रतालाई दोब्बर बनाए। निकै प्रतिस्पर्धात्मक खेलमा चिलीले गोल गर्न भने सकेनन्।

पहिलो हाफमा २–० को अग्रता लिएको पेरुले अर्को गोल गर्न अतिरिक्त समय कुर्नु पर्‍यो। खेलमा थपिएको अतिरिक्त समएको एक मिनेटमा पेरुका लागि अर्को गोल पाउलो गाउरेरोेले गर्दै जीत सुनिश्चित गरे। पेरुसँग हारेको चिलीले भने तेस्रो स्थानका लागि अर्जेन्टिनासँग भिड्ने छ। पेरु सन् १९७५ पछि पहिलो पटक फाइनलमा पुगेको हो। उसले १९७५ मा कोपा अमेरिका कपको उपाधि उचालेको थियो। त्यसपछि फाइनलमा स्थान बनाउन नसकेको पेरु ४४ वर्षपछि फाइनलमा प्रवेश गरेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...