पूर्वराष्ट्रपतिकोमा भोज खाने ८० जना बिरामी

हाम्रो सन्देश संवाददाता

काठमाडौं १९,असार ।

फिलिपिन्सका पूर्वराष्ट्रपति फेर्डीनान्ड मार्कोसकी श्रीमती इमेल्डा मार्कोसको ९० औँ जन्मोत्सवका अवसरमा आयोजित भोजमा सहभागी ८० जना बिरामी भएका छन् ।

राजधानी मनिलादेखि नजिकै रहेको पासिग शहरमा भएको भोजमा सहभागी भएका मध्ये केहीलाई पेटसम्बन्धी समस्या र बान्ता भइरहने समस्या भएको अधिकारीहरूले जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानले भोजमा राखिएको कतिपय खाद्यपदार्थमा विषाक्त चिज रहेकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिएको पासिग शहरका प्रहरी प्रमुख रिजालिटो गापासले जानकारी दिए ।

उनले सो जन्मोत्सव भोजमा २५ सय भन्दा बढी सहभागी भएको पनि बताए । बिरामी भएकालाई प्राथमिक उपचार गराइएको बताइएको छ । एजेन्सी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...