प्रधानमन्त्री ओली भन्छन -‘सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थाले’

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२१ असार ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थालेको बताएका छन्। शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर हिँडन थालेको बताएका हुन्।‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि मास्क लगाएर हिँडन थालेका छन।
प्रधानमन्त्री ओलीले भने ‘मास्क लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भएपनि मास्क लगाउने बानी रामै्र हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिदैन।’प्रधानमन्त्री ओलीले कांग्रेसप्रति संकेत गर्दै चुनाव हारेरको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने पनि बताए। उनले विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनीहरुलाई निष्तेज पारेर अघि बढन सरकार सक्षम रहेको पनि बताए।
यो पनि पढ्नुस – शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो ।

पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु कुनै कारणले हो मातामाथि देउता चढेछन् । हिरासतमा रहेकी धर्ती माता सेलभित्रै काम्न थालिछन् । उनको यो पारा देखेपछि प्रहरी उनलाई बाहिर ल्याउन हिच्किचायो । अन्ततः उनलाई बाहिर ल्याएर बबाल खडा गर्नुभन्दा उनलाई सार्वजनिक नै नगर्ने निर्णयमा प्रहरी पुग्यो ।

अभियुक्त महिला भएकोले पनि उनलाई यसरी बाहिर ल्याउनु अनुपयुक्त हुने भन्दै डिएसपी बोगटीले पत्रकारहरुसँग सार्वजनिक गर्न नसकेकोमा क्षमा मागे । पत्रकारहरु पनि मातामाथि देउता नै चढेपछि जोर जबरजस्ती गर्नु अनुपयुक्त हुने ठानेर रित्तै फर्किए । माताले भद्रकालीमा उक युवतीलाई यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...