एसईईमा उत्तर बाहिरबाट लेखेर लगेपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२२ असार ।

गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ।

अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ, जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परीक्षा दिएका थिए। स्रोतका अनुसार भण्डारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकृत जीवन भण्डारीका छोरा हुन्।

बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहँदा उत्तरपुस्तिका साटेको भनी उजुरी परेको थियो। प्रारम्भिक अध्ययन गर्दा उत्तरपुस्तिका साटेको भन्ने आरोप बलियो देखाएपछि असार १२ गते बोर्डले छानबिन समिति गठन गरेको थियो। उत्तरपुस्तिका साट्नकै लागि शिक्षाकै कर्मचारी संलग्न रहेको बोर्डको आशंका छ।

चिलीलाई अर्जेन्टिनाले हरायो, मेसीले पाए रेड कार्ड

तेस्रो स्थानको लागि भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए। चिलीका अर्टुरो भिदालले एक गोल फर्काए ।

चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको २२ औं मिनेटमा डिबलाले गोल गरेपछि अर्जेन्टिना २–० ले अग्रता लियो। तर, खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा समेटियो। खेलको ३७ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो।

मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए। त्यसपछि खेलको दोस्रो हाफमा चिलीले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्। खेलको ५९ औं मिनेटमा भिदालले पेनाल्टीमा गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...