घट्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२२ असार ।

साताको पहिलो दिन आज आईतबार छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ । गएको साताको शुक्रबार ६५ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज आईतबार ५ सय रुपैंयाले घटेर ६४ हजार ५ सय रुपैंयामा काररोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ६४ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ, भने चाँदी प्रतितोला ७ सय २० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदीको मुल्य पनि प्रतितोला १० रुपैंयाले घटेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...