भारतमा भएकाे बस दुर्घटनामा परी २९ जनाको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२४ असार ।


भारतमा सोमबार बिहान बस दुर्घटना हुँदा २९ जनाको निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको लखनउ जान लागेको बस आग्राको एक खोँचमा खस्दा बसमा यात्रारत २९ जनाको निधन भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

बस सडकबाट कम्तीमा ५० फिट तल खसेको जनाइएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न गाह्रो भएको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...