विषादीयुक्त तरकारी भित्र्याउने र बिक्री गर्नेमाथि जनकारवाही गर्ने विप्लब नेकपाको घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२४ असार ।

नेपाल कम्युनिस्ट पार्टीको सेतीमहाकाली ब्युरोको बैठकले त भारतबाट अाउने विषादीयुक्त फलफूल र तरकारी राेक्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउने र यदि त्यसलाई बेवास्ता गरी जनसत्तामार्फत हस्तक्षेप गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी झापाले पनि एक प्रस बिज्ञप्ति प्रकाशित गरी कुनैपनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारीजन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न व्बयसायीहरुसंग आग्रह गरेको छ । अन्यथा अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल,तरकारी लगायतका कुनैपनि खाद्य सामग्री भित्र्याउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही तथा प्रतिवाद गर्ने घोषणा पनि ने.क.पा. झापाले गरेको छ ।

ने.क.पा. झापा जिल्ला सेक्रेटरी मनिषले जारी गरेको बिज्ञप्तिमा अघि भनिएको छ,” आम नेपाली जनताको स्वास्थ्य माथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरी खाद्य तथा गुण नियन्त्रण विभागले भारत तथा तेस्रो मुलुकबाट आउने फलफूल,तरकारी तथा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने क्याफिनयुक्त पेय पदार्थ र ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’ भित्रिएको र त्यसको उपयोग हानिकारक भएको प्रमाण सहित बताइरहँदा केही दिनअघि विदेशी दलालहरुकाे दबाब थेग्न नसकेर कथित दुई तिहाईकाे मन्त्री परिषदकाे बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा बिना चेकजाँच विषादीयुक्त तरकारी,फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएको छ।”

कुनैपनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारीजन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न व्बयसायीहरुसंग आग्रह गर्दै सोही विज्ञप्तिमार्फत अन्यथा अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल,तरकारी लगायतका कुनैपनि खाद्य सामग्री भित्र्याउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही तथा प्रतिवाद गर्ने घोषणा गरिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...