१० कित्ता मात्र परेर हैरान हुनुहुन्छ? खुल्यो हिमाल दोलखाको आइपिओ, कति पर्ने सम्भावना?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२५ असार ।

आइपीओमा लगानी गर्न इच्छुक लगानीकर्तालाई आज बुधबार असार २५ गतेदेखि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण शेयर (आइपिओ) खुलेको छ ।
कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपिओ निश्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता शेयर कर्मचारीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता आइपिओ सर्वसाधारणलाई जारी गर्नेछ ।

आईपिओ निश्कासन बन्द मिति छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्छन् । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।
धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।

प्रोजेक्टको विशेषताहरु :
प्रति मेगावाट १७.१० करोड लागत
कम भुक्तानी अवधि
परियोजना पहिले नै सञ्चालनमा
इलाम जिल्लाको परियोजना प्रभावित क्षेत्रको स्थानीयहरुको लागि फोकस गरिएको
इलाम जिल्लाको दोस्रो ठूलो परियोजना
कम्पनीले निर्माण गरिरहेको अर्काे ९७ मेगावाट क्षमताको इस्वा खोला आयोजनामा हिमाल दोलखा हाइड्रोपावरको १९ प्रतिशत अर्थात ५७ करोड लगानी रहेको छ । इस्वा खोला आयोजनाको लागत प्रतिमेगावाट १० करोड रहेको छ । इस्वा खोला आयोजन सम्पन्न भई संचालनमा आएपछि कम्पनीले प्रतिवर्ष २० करोड अम्दानी हुने अनुमान गरिएको छ । जसबाट प्रत्यक्ष फाइदा हिमाल दोलखा हाइड्रोपावरले निश्कासन गरेको आइपीओमा लगानी गर्ने लगानीकर्तालाई पुग्नेछ ।
कम लागतमा निर्माण यसको यस हाइड्रोपावर कम्पनलिे आईपीओमा लगानी गर्ने लगानीकर्तालाई निकट भविष्यमै राम्रो मुनाफा दिने देखिन्छ ।

कहाँबाट आवेदन दिने ?
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
कति दिने आवेदन ?
७६ लाख ७२ हजार २१० कित्ताको आइपिओ भएकोले , आफ्नो गछ्य अनुसार आवेदन दिए हुनेछ । मागे अनुसारको लगानी पर्ने सम्भावना धेरै छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...