युवती कुट्ने ‘धर्ती माता’ ३० हजार धरौटीमा रिहा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२५ असार ।

युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा भएकी काठमाडौं परिसरले जनाएको छ ।

प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ गरेको थियो।
आफूलाई धर्ती माता बताउँदै उनले एक युवतीलाई सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिकै कुटपिट गरेकी थिइन्। उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...