प्रधानमन्त्रीलाई पठायो नेविसंघले ‘विषादीयुक्त तरकारी’

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,२५ असार ।

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।
भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई विष खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

मंगलबार सोही कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्रीलाई तरकारी पठाइएको नेविसंघले जनाएको छ ।
मंगलबार देशका अन्य जिल्लाहरुबाट पनि प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ पठाइएको नेविसंघले जानकारी दिएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते विषादीयुक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते महासल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
PropellerAds
Loading...